हुम्लामा हिमपातः जनजीवन कष्टकर

हुम्लामा हिमपातः जनजीवन कष्टकर

अर्थ डबली
शुक्रवार, माघ ७ २०७८
अर्थ डबली
शुक्रवार, माघ ७ २०७८ (अर्काइभ बाट)
  • हुम्लामा हिमपातः जनजीवन कष्टकर

    हुम्ला / हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि  चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
    हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।

    images
    images

    आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । 

    हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ । 

     मौसममा आएको परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि यहाँका बासिन्दा बाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ ।

     चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    साताको लोकप्रीय