सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण

अर्थ डबली
शुक्रवार, माघ ७ २०७८
अर्थ डबली
शुक्रवार, माघ ७ २०७८ (अर्काइभ बाट)
  • सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण

    काठमाडौँ / सिटिजन लाइफइन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।

    images
    images

      ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराउनु भएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो बुवाको बीमा गराएकी थिइन् । 

    बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले रु.१५ लाख ५० हजारको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरे ।

    उक्त चेक हन्तान्तरण कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरु किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पा, अन्य एजेन्सी म्यानेजरहरु चन्द्रलक्ष्मी खड्गी, पेशल के.सी. लगायतको उपस्थिती थियो ।

    साताको लोकप्रीय