ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड, अन्य सूचकमा प्रगति कति ? 

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड, अन्य सूचकमा प्रगति कति ? 

अर्थ डबली
शुक्रवार, माघ ७ २०७८
अर्थ डबली
शुक्रवार, माघ ७ २०७८ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड, अन्य सूचकमा प्रगति कति ? 

    काठमाडौँ / ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । शुक्रबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ । 

    images
    images

    गत आर्थिक बर्षको पुस मसान्तमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको सो बैंकले समीक्षा अवधिमा भने यो १५.०४ प्रतिशतले वृद्धि गरेको हो । 

    त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि १३.५७ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष पुस मसान्तमा ३ अर्ब २२ करोड ७६ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले समीक्षा अवधिमा भने बढाएर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रुपैयाँ पुर्याएको हो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ०.४९ प्रतिशतले बृद्धि भएको छ भने वितरण योग्य मुनाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, १० प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार कायम गरेको छ । 

    चालू आर्थिक बर्षको पुस मसान्तसम्ममा बैंकको जगेडा कोष रकम ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ र रिटेन्ड अर्निङ १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ सञ्चित छ भने निक्षेप सङ्कलन १.२९ प्रतिशत र कर्जा लगानी १२.१५ प्रतिशतले बढेको छ । 

    बैंकले समीक्षा अवधिमा निष्क्रिय कर्जा ०.५९ प्रतिशतले घटाएर १.७२ प्रतिशतबाट १.१३ प्रतिशतमा झरेको छ भने सिडी अनुपात ९.७३ प्रतिशत, इपिएस २२ रुपैयाँ ३९ पैसा, पिई रेसियो १४.५६, आधार ब्याजदर ७.९९ प्रतिशत, स्प्रेड ब्याजदर ३.५२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ ।

    News Global IME.JPG

    साताको लोकप्रीय