समृद्धि फाइनान्सले ल्यायो पैसा तेब्बरदेखि आठ गुणासम्म हुने निक्षेप योजना

समृद्धि फाइनान्सले ल्यायो पैसा तेब्बरदेखि आठ गुणासम्म हुने निक्षेप योजना

अर्थ डबली
शुक्रवार, असार १७ २०७९
अर्थ डबली
शुक्रवार, असार १७ २०७९ (अर्काइभ बाट)
  • समृद्धि फाइनान्सले ल्यायो पैसा तेब्बरदेखि आठ गुणासम्म हुने निक्षेप योजना

    काठमाडौं / समृद्धि फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पाँच गुणा र १८ वर्षमा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।   

    images
    images

    फाइनान्सले रेमिट्यान्स मुद्दती निक्षेप योजना अन्तर्गत ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पाँच गुणा र १८ वर्षमा आठ गुणा हुनेनिक्षेप योजना सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको हो । 

    ती योजनाका लक्षित ग्राहक विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीर्घकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहक र विदेशमा काम गर्ने व्यक्ति रहेको बताइएको छ । 

    साथै विदेशमा काम गर्ने व्यक्तिहरुले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकहरूलाई पनि आकर्षित गर्नु हो र न्यूनतम ५० हजारदेखि नै खाता खोल्न सकिने छ । 

    समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

    मुद्दती निक्षेपमा १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा १० प्रतिशत ब्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

    फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै आएको छ भने निकट भविष्यमा जनकपुर, इटहरी र बनेपामा शाखा सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।

    साताको लोकप्रीय