एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित

एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित

अर्थ डबली
शुक्रवार, असार १७ २०७९
अर्थ डबली
शुक्रवार, असार १७ २०७९ (अर्काइभ बाट)
  • एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को बहिष्कारकाबीच राष्ट्रियसभाबाट आगामी आवको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन् । 

    images
    images

    राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो ।

    राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयक सन्देशसहित प्रतिनिधिसभाबाट पठाइएको छ । राष्ट्रियसभाले सन्देशसहित पठाएको विधेयक प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ । 

    प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनाधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको आरोप लगाउँदै आजको बैठक बहिष्कार गरे । 

    एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिए । 

    साताको लोकप्रीय