मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट पाउने 

मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट पाउने 

अर्थ डबली
सोमवार, मंसिर १९ २०७९
अर्थ डबली
सोमवार, मंसिर १९ २०७९ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट पाउने 

    काठमाडौँ / मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट पाउने भएका छन् । बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन ‘द डालो रेष्ट्रोे’रेस्टुरेन्टसँग सम्झौता गरेको हो। 

    images
    images

    सम्झौतापश्चात बैङ्कका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैङ्किङ्ग ग्राहकहरूले उक्त फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

    साथै, बैङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

    त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैङ्किङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैङ्किङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

    साताको लोकप्रीय