मुक्तिनाथ विकास बैङ्कको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’: दिगो विकासमा टेवा पुग्ने विश्वास 

मुक्तिनाथ विकास बैङ्कको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’: दिगो विकासमा टेवा पुग्ने विश्वास 

अर्थ डबली
मंगलवार, पुस २६ २०७९
अर्थ डबली
मंगलवार, पुस २६ २०७९ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैङ्कको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’: दिगो विकासमा टेवा पुग्ने विश्वास 

    काठमाडौँ / मुक्तिनाथ विकास बैङ्क लिमिटेडले ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ । १६ औँ वर्ष  पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै बैङ्कले उक्त अभियान सञ्चालन गरेको हो । 

    images
    images

    सो अभियान अन्तर्गत बैङ्कले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरू छनौट गरी आवश्यकता अनुसार थोपा सिँचाई करेसाबारीको निर्माण, तरकारीहरूको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ । दैनिकरूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रमभित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैङ्कले यो अभियानको सुरुवात गरेको हो । 

    यसबाट संस्थामा बस्ने सदस्यहरूमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत विश्वास रहेको बैङ्कले जनाएको छ ।  डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न सो बैङ्कको एटिएम कार्ड प्रयोग गरी देशभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

    News mukti1.JPG

    त्यसैगरी मोबाईल बैङ्किङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैङ्किङ्ग आदि जस्ता सेवाहरू बैङ्क को शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैङ्कले जनाएको छ । 

    साताको लोकप्रीय