प्रभु बैङ्कका अध्यक्ष सिटौलाले लिए गभर्नर अधिकारसमक्ष सपथ, आजैदेखि सम्हाले जिम्मेवारी  

 प्रभु बैङ्कका अध्यक्ष सिटौलाले लिए गभर्नर अधिकारसमक्ष सपथ, आजैदेखि सम्हाले जिम्मेवारी  

अर्थ डबली
बिहिवार, पुस २८ २०७९
अर्थ डबली
बिहिवार, पुस २८ २०७९ (अर्काइभ बाट)
  •  प्रभु बैङ्कका अध्यक्ष सिटौलाले लिए गभर्नर अधिकारसमक्ष सपथ, आजैदेखि सम्हाले जिम्मेवारी  

    काठमाडौँ / प्रभु बैङ्क लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमकाबीच सिटौलाले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । साथै उनले आजै बैङ्कको सञ्चालक समितिको २८०औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । 

    images
    images

    बैङ्कको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त भएका उनलाई मिति पुस २६ गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेकोथियो । 

    त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष सिटौलाले नेपालको बैङ्किङ्ग क्षेत्रमा लामो कार्यानुभव सङ्गालेका छन् । उनी नेपाल राष्ट्र बैङ्कमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका थिए । 

    कृषि विकास बैङ्कमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका उनले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर कार्य गरिसकेका छन् । 

    कृषि विकास बैङ्कमा रहँदा परम्परागत रूपमा बैङ्किङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैङ्कलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको छ । 

    सो अवधिमा नेपालका वाणिज्य बैङ्कहरूको छाता सङ्गठन, नेपाल बैङ्कर्स सङ्घको कार्यसमितिमा रहेर कार्य समेत गरेका थिए । 
    यस अघि प्रभु बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रही उनले सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडलाई प्राप्ति गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

    नेपालको बैङ्किङ्ग जगतमा लामो समयसम्म कार्यरत रहेर यस क्षेत्रका विविध क्षेत्रमा अनुभव हासिल गरेका अध्यक्ष सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैङ्कका ग्राहक, शेयरधनी तथा सरोकारवाला निकायले लागि गौरवको विषय भएको बैङ्कले जनाएको छ । 

    उनको सबल नेतृत्वबाट प्रभु बैङ्कको ब्यापार व्यवासाय अभिबृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने विश्वास रहेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    साताको लोकप्रीय