पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने, ३१ अर्ब २ करोड बजेट विनियोजन

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने, ३१ अर्ब २ करोड बजेट विनियोजन

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने, ३१ अर्ब २ करोड बजेट विनियोजन

    काठमाडौँ / अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताएका छन् । 
     
    अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आवमा सम्पन्न गरिने उल्लेख गरे । 

    images
    images

    कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिङ्गे, काँकडभिट्टा-लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ । 

    यसैगरी नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उनले बताए । पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि रु ३१ अर्ब दुई करोड विनियोजन गरेको अर्थमन्त्री डा महतले जानकारी दिए । 
     
    नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने बजेटमा उल्लेख छ ।

    साताको लोकप्रीय