क्यूआर कोडबाटै सरकारी कार्यालयमा दस्तुर र सेवा शुल्क बुझाउने व्यवस्था मिलाइने

क्यूआर कोडबाटै सरकारी कार्यालयमा दस्तुर र सेवा शुल्क बुझाउने व्यवस्था मिलाइने

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • क्यूआर कोडबाटै सरकारी कार्यालयमा दस्तुर र सेवा शुल्क बुझाउने व्यवस्था मिलाइने

    काठमाडौँ / अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी कार्यालयमा सेवा लिए बापत बुझाउनुपर्ने सबै दस्तुर र शुल्क क्यूआर कोड वा विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । 

    images
    images

    आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संघीय संसदको संयुक्त बैठकमार्फत प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । 

    सरकारले आगामी आर्थिक वर्षका लागि संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै उनले राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमतिपत्र सेवा सहज रूपमा आवश्यकता अनुसार २ सिफ्टमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । 

    सरकारी कार्यालयको सेवालाई नागरिक एपसँग जोडिने मन्त्री महतले जानकारी गराए ।

    साताको लोकप्रीय