images
images

मन्त्रिपरिषद् बैठकका निर्णय : धुलिखेल अस्पतालमा ३ अर्ब येन अनुदान ल्याउनेदेखि धितोपत्र निष्काशन नियमावली स्वीकृत

मन्त्रिपरिषद् बैठकका निर्णय : धुलिखेल अस्पतालमा ३ अर्ब येन अनुदान ल्याउनेदेखि धितोपत्र निष्काशन नियमावली स्वीकृत

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • मन्त्रिपरिषद् बैठकका निर्णय : धुलिखेल अस्पतालमा ३ अर्ब येन अनुदान ल्याउनेदेखि धितोपत्र निष्काशन नियमावली स्वीकृत

    काठमाडौँ / सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    images

    मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठककको निर्णय सुनाउदै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । 

    यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६को उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति दिने भएको छ ।

    त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ ।

    त्यसैगरी, जे.बी. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएकोमा उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मन्त्रीलगायत शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने बैठकले निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार