images
images

पूजा गर्ने हातभन्दा कर्म गर्ने हात महान् हुन्छ–सत्यसाइ बाबा [ २५ महान प्रेरक बचनहरु]

पूजा गर्ने हातभन्दा कर्म गर्ने हात महान् हुन्छ–सत्यसाइ बाबा [ २५ महान प्रेरक बचनहरु]

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • पूजा गर्ने हातभन्दा कर्म गर्ने हात महान् हुन्छ–सत्यसाइ बाबा [ २५ महान प्रेरक बचनहरु]
    images
    images

    उपनिषद् दर्शनमा भनिएको छ, ‘जसमा जानेको छु भन्ने घमन्ड छ उसले केही जानेकै हुँदैन तर जसले जानेको छैन भन्ने गरेको छ उसले भने जानेको हुन्छ ।’ यो भनाईले मानविय जीवनमा ठूलो अर्थ राखेको छ । हामी समाजमा मपाईँ देखाउनेहरुको कमि छैन । सल्लाह सुझाव दिनेको कमि छैन तर, ब्यवहारमा आफ्नो केही गर्दैनन् । घमण्ड बढि छ इगो लिन्छन् । यसर्थ माहान दार्शनिकहरुको माहान बचनहरुले कतिपय समयमा सार्थक जीवन जिउन सहयोग पुग्छ । पढिराखौं यी प्रेरक भनाईहरु  

    १] सन्तोषभन्दा ठूलो सुख अर्को छैन। असन्तुष्ट मानिसं सारभरीकै वैभव पाए पनि सुखी र आनन्दित हुन सक्दैन । एउटा पाएको हुन्न अर्को आवश्यकताको पहाड खडा भइसकेको हुन्छ तर सन्तोषीहरूका अवस्था बेग्लै छ । उनीहरू नरम पलङमा जुन आनन्द पाउँछन् सुकुल र गुन्द्रीमा पनि उति नै सुखी र आनन्दित भइरहेका हुन्छन् । 
    -महात्मा गौतम बुद्ध

    २] क्षमा, दया, सरलता, पवित्रता र सत्यतामा रहनु भनेको अमृत पान गरे सरहको अवस्थामा पुग्नु हो । जुन मानिसमा यस्ता गुण हुन्छन् उनीहरूको भौतिक शरीर नरहे पनि यश र कीर्ति भने चिरकालसम्म स्थिर रहन्छ । 

    -आचार्य चाणक्य

    ३] सत्कर्मले कमाएको धन नै सच्चा धन हो । यस्ता धन टिकाउ हुन्छन्, पुस्तौँसम्म रहन्छन् । दुष्कर्मले कमाएको धन भने क्षणिक मात्र हुँदैन त्यसको राप र तापले जीवनभर पोलिरहन्छ । 
    -सन्तशिरोमणि विदुर


    ४] राम्रो काम र कुरालाई असर गर्न बेर लाग्छ । तत्कालै भएन भनेर आत्तिनुहुँदैन तर खराब काम र कुराले भने तत्कालै असर गर्न थाल्छ । त्यसैले यस्ता काम र कुराबाट हमेशा टाडा रहने प्रयास गर्नुपर्छ ।
    -महात्मा गान्धी


    ५] शान्तिको विजय नै सही विजय हो । शान्तिको विजय चिरस्थायी हुन्छ भने शक्तिको विजय क्षणिक हुन्छ । यस्ता विजयलाई सही विजय भन्न मिल्दैन ।

    किनभने यसले शत्रुतामाथि पूरा विजय प्राप्त गर्न सक्दैन । त्यसैले विजय हामेशा शन्तिद्वारा प्राप्त गर्ने प्रयास गनुृपर्छ । 
    -जोन मिल्टन

    ६] सही आनन्द त्यतिबेला पाइन्छ, जतिबेला आफ्नो सबै शक्तिलाई न्याय र विवेकपूर्ण कार्यमा लगाउन सकिएको हुन्छ । अन्यथा आनन्द प्राप्तिको चाहना दिवास्वप्न बाहेक केही हुँदैन । 
    -नीति वचन

    ७] जसमा जानेको छु भन्ने घमन्ड छ उसले केही जानेकै हुँदैन तर जसले जानेको छैन भन्ने गरेको छ उसले भने जानेको हुन्छ ।

    -उपनिषद् दर्शन

    ८] संसारमा केही पनि आफैँमा असल र खराब हुँदैनन् । अपितु हामी आफ्नै विचारले नै तिनलाई असल र खराब बनाउने गर्छौँ । 
    -शेक्सपियर

    ९] जसले प्रतिकुल परिस्थितिमा शत्रुलाई पनि सम्मान गर्न जानेको छ, सकेको छ, सिकेको छ उसैको जीवन सार्थक हुन्छ । 
    -महर्षि वेदव्यास

    १०] विनम्रता नै सबै गुणको आधारशिला हो । यसैबाट अन्य गुणको विकास हुने गर्छ । त्यसैले ज्ञानी र गुणी हुन चाहनेले पहिले विनम्र हुन जान्नुपर्छ । 
    -चिनियाँ दार्शनिक कन्फ्युसियस

    ११] सही सुन्दरता भनेको मनको सुन्दरता हो, जुन टिकाउ हुन्छ । त्यस्तै जवानीको सुन्दरता भनेको फूलेको फूल जस्तो हो, जुन कति बेला ओइलाउँछ पत्तै हुँदैन । 
    -आचार्य भर्तृहरि

    १२] गङ्गामा डुबुल्की मार्दैमा धर्म हुने भए दुनियाँमा माछा र भ्यौता जति धार्मिक कोही हुने थिएनन् ।
    -गरुडपुराण, सारोद्धार

    १३] शरीरमा खरानी घस्दैमा सन्यासी हुने भए कुकुर, सुङ्गुर र गधा जति सच्चा सन्यासी कोही हुने थिएनन् । 
    -गरुडपुराण सारोद्धार

    १४] जसले आफ्नो लागि मात्र पकाएर खाने गरेको हुन्छ उसले आफ्नै पाप खाइरहेको हुन्छ । 
    -श्रीमद्भगवत गीता

    १५] कसैले ब्रत बसेर भगवान्लाई खुसी पारेको छु भन्ने गरेको छ भने त्यो उसको मनोभ्रम बाहेक केही होइन । वास्तवमा उनीहरूले आफ्नै मासु खाइरहेका हुन्छन् । -आचार्य रजनीश

    १६] पूजा गर्ने हातभन्दा कर्म गर्ने हात महान् हुन्छ । 
    -सत्यसाइ बाबा

    १७] अरूलाई दोष दिनु भनेको आफैँ दोषी हुनुको प्रमाण हो । 
    -नीतिवाक्य

    १८] मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैलाई सम्झाइरहन्थे, ‘हरेश नखा१ अहिले दुःख गर र पछी च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’ – मुहम्मद अली

    १९] भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो । 

    – फोरेस्ट सकली


    २०] सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।

    २१] सपना देख्नेहरूनै संसारको रक्षक हुन् । 
    –जेम्स आलेन

    २२] भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । 
    इलेनोर रूजवेल्ट

    २३] अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । 
    – जर्ज इलिएट

    २४] असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । 
    – हेनरी फोर्ड

    २५] मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । 
    – अल्बर्ट आइन्स्टाइन

    २६] मस्तिष्क नै त्यो भुमी हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ । – जोन मिल्टन

    २७] संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । 
    – स्प्राइट लोरियानो

     
    स्रोत विभिन्न पत्रपत्रिका

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार