images
images

कपुरकोट हाटबजार : दुई महिनामा ११ करोड बराबारको तरकारी बिक्री

कपुरकोट हाटबजार : दुई महिनामा ११ करोड बराबारको तरकारी बिक्री

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • कपुरकोट हाटबजार : दुई महिनामा ११ करोड बराबारको तरकारी बिक्री

    कर्णाली / सल्यानका तरकारी किसान डोकोमा आफ्ना उत्पादन बोकेर कपुरकोट हाटबजार पुग्दै थिए । त्यहाँ तरकारी किसानको निकै ठूलो भीड थियो । 

    images
    images

    पसले उपभाक्तालाई बिक्री गर्न तरकारी सजाउँदै थिए । सदाझैं आफ्नो दैनिकीलाई निरन्तरता दिएका उनीहरु मङ्गलबार बिहान पनि आफ्नै कर्ममा व्यस्त थिए । यद्यपि अन्य दिनको भन्दा हिजो उक्त दृश्य अलि फरक थियो ।

    उपभोक्तालाई तरकारी बेच्न तम्सिएका उनीहरुको पसलमा एकाबिहानै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा हाटबजारमा पुगेपछि तरकारी किसान तथा व्यापारी आश्चर्य चकित परे । 

    मन्त्रीसहित प्रदेश सरकारका सचिव मङ्गलबार विहानै त्यहाँ पुगेका थिए । कर्णाली प्रदेशको प्रमुख नाकामध्यको एक कपुरकोट हाटबजारको मन्त्री शर्मा नेतृत्वको टोलीले स्थलगत अनुगमन तथा अवलोकन ग¥यो ।

    कर्णाली प्रदेशको तरकारी भण्डारण तथा निर्यातको महत्वपूर्ण केन्द्र मानिने कपुरकोट हाटबजारलाई व्यवस्थित बनाउन र त्यहाँ देखिएका समस्या एवं किसानका गुनासो लिन त्यहाँ पुगेको मन्त्री शर्माले बताए ।

    उनले भने, ‘बिहानै हाटबजारको अवस्था हेरियो । उक्त हाटबजारले गएको दुई महिनामा रु एघार करोड एघार लाख ५० हजार दुई सय ९६ बराबरको तरकारी कारोबार गरेको रहेछ ।’ अनुगमनपश्चात् उनीहरुले हाटबजार व्यवस्थापन समिति, तरकारी किसान तथा व्यापारीसँग साक्षात्कारसहित अन्तरक्रिया कार्यक्रम भयो । 

    कार्यक्रममा समितिका सदस्य, तरकारी किसानले उत्पादित कृषि उपजलाई अर्गानिकतर्फ लैजान तथा ती वस्तुलाई रसायन तथा विषादीमुक्त बनाउन सरकारको ध्यानाकर्षण गरे । समितिका अध्यक्ष तिलक शर्माले परिमाणमा तरकारी सङ्कलन तथा निर्यात हुने कपुरकोट हाटबजारमा शीत भण्डार र विषादी परीक्षण प्रयोगशाला प्रदेश सरकारले निर्माण गनुपर्ने माग राखे ।

    उनले भने, ‘कपुरकोटको तरकारी अहिले पूर्व बुटवल र पश्चिम महेन्द्रनगरसम्म पुगेको छ । पछिल्लो समयमा भारतको लखनउ र कानपुरसम्म गोलभेडा पुगेकोले यसको महत्व बढ्दै गएको छ । सल्यानको सबै तरकारीलाई कपुरकोट ब्राण्ड बनाउँदै छौँ ।’ अब कपुरकोटलाई सल्यान जिल्ला किसानको उत्पादित तरकारीबाट बिचौलियाले फाइदा नउठाओस् भनेर समिति कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा रहेको उनले बताए ।

    उनका अनुसार व्यापारी र चुलोसम्मको दुरी कम गर्न किसानलाई नै सिधैँ बजार जोडिने छ । कृषि एमबुलेन्सका लागि सङघ र प्रदेश सरकारबाट केही सहयोग भएको छ । अहिले कपुरकोट हाटबजारबाट गोलभेडा, प्याज, बन्दा, आलु, अदुवा, काउली, भेडे खुर्सानी, बेसार, भन्टा, लौका, चिचिण्डा, बोडी, सिमी, फर्सी, काँक्रालगायत तरकारी बाहिर पठाउने गरिएको छ ।

    कपुरकोट गाउँपालिका निवासी किसान दिलमाया घर्तीले सरकारले बीउविजन र मल समय उपलब्ध गर्न आग्रह गरे । सरकारले एकाबिहानै आफूुकहाँ पुगेर समस्या तथा गुनासो सुनेको खुसी व्यक्त गर्दै उनले विषादीको प्रयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नसमेत सुझाए । सोही गाउँपालिका निवासी किसान ललित ओलीले ऋतु अनुसार मात्र नभइ बाह्रैमहिना तरकारी उत्पादन हुने प्रविधि र सीप दिन सरकारलाई आग्रह गरे ।

    किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजाने बाटोको अवस्था बुझ्न तथा व्यवसायीको समस्या समाधानका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव विष्णु भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद कोइराला, कानून सचिव शङ्करबहादुर केसी, कृषि सचिव डा. नरहरिप्रसाद घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोदप्रसाद देवकोटालगायत अनुगमन तथा अवलोकनमा सहभागी भएका थिए ।

    मन्त्री शर्माले न्यूनतम समर्थन मूल्य तथा हाटबजार व्यवस्थापनमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको बताउँदै विषादी परीक्षण प्रयोगशाला निर्माणमा सरकारको सहयोग रहने जनाए । 

    मन्त्रालयअन्तरगत जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानबाट कृषि तथा पशुपक्षी विकास कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण सुझाव सङ्कलन गर्नुका साथै अनुगमन तथा अवलोकन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार