काठमाडौँ / सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुने भएका छन् । कम्पनीको विभिन्न पदमा कार्यरत कर्मचारीहरू भारतीय बिमा संस्थानमा हुने प्रशिक्षणमा सहभागी हुने भएका हुन् ।
उक्त प्रशिक्षण भारतको मुम्बईस्थित भारतीय बिमा संस्थानमा माघ ७ गते देखि ९ गतेसम्म सञ्चालन हुने छ ।
भारतीय बिमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो । यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ ।
यसले भारत र भारत बाहिरका बिमा क्षेत्रमा आबद्ध व्यक्तिहरुको सीप र ज्ञान बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
यस ३ दिने कार्यक्रममा बिमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् ।
जसअन्तर्गत बजार प्रवद्र्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, सञ्चार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् ।
सहभागीहरू प्रस्थान गर्नु अगाडी बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिए ।
उक्त प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए । साथै, आफूले सिकेका ज्ञानबद्र्धक कुराहरू अन्य कर्मचारीहरूसंग साटासाट गर्न निर्देशन दिए ।
प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।