काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा आजदेखि नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।
उक्त प्रदर्शनीको उद्घाटन उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका हुन् । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपाल को सयुक्त आयोजनामा उक्त आयोजना प्रदर्शनी भएको हो ।
यही भदौँ १७ गते अर्थात आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा विभिन्न कम्पनीहरूले ईभीका सवारीदेखि इलेक्ट्रिक तथा मेसिनरी सामानहरू राखिएका छन् ।
आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको छ ।
सो प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । उक्त एक्स्पोको उद्घाटनसँगै प्रदर्शनीको अवलोकन गर्न आउनेहरूको पनि बाक्लो उपस्थिति थियो ।प्रर्दशनीमा विद्युतीय साइकल, विद्युतीय बाइक, विद्युतीय कारदेखि मिनि ट्रकसम्म राखिएका छन् ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
हेर्नुस् तस्बिरहरू