काठमाडौँ / केटिएम एक्स्चेञ्ज क्याम्पमा मोटरसाइकल पारखीहरूका लागि रोमाञ्चक घोषणा हुने भएको छ । आकर्षक प्रोत्साहनहरू प्रदान गर्दै मोटरसाइकलका पारखीहरूको उत्साहमा नयाँ उर्जा थप्ने गरी कम्पनीले उक्त घोषणा गरेको हो ।
केटिएम एक्स्चेञ्ज क्याम्प काठमाडौँको नक्साल शोरुममा हुने भएको छ । जहाँ तपाईंसँग रहेको कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाइकलाई नयाँ बाइकसँग साट्ने सुविधा प्रदान गरिनेछ ।
यहाँ पुरानो बाइकको मूल्याङ्कन पाइराखेको भन्दा थप १५ हजार अतिरिक्त प्रदान गरिनेछ । यो यहाँको विशेष आकर्षण रहनेछ । जसले गर्दा तपाईंको बाइकको मोल बढ्नेछ ।
नयाँ बाइक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउनपेमेण्ट गरी केवल ९९.९ प्रतिशत मात्र ब्याज तिरी यो स्टाइलिस बाइकलाई आफ्नो बनाउन सकिने सुबिधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यहाँ नगदमै बाइक किन्न चाहनेका लागि १० हजार रुपैयाँ छुट अनि फाइनान्स सुबिधा लिनेका लागि समेत ५ हजार रुपैयाँ छुटको व्यवस्था मिलाइएको छ ।
यो एक बाइक खरिद बिक्री गर्ने इभेण्ट मात्र नभई अत्याधुनिक प्रविधिको अनुभव लिने कार्यक्रमसमेत भएकोले यो रोमाञ्चक कार्यक्रमलाई कुनै पनि हालतमा नछुटाउन कम्पनीले आग्रह गरेको छ ।