images
images

चालु आवको पहिलो त्रैमासदेखि इसीएल अनुरूप कर्जा नोक्सानी व्यवस्था गर्न सुझाव

चालु आवको पहिलो त्रैमासदेखि इसीएल अनुरूप कर्जा नोक्सानी व्यवस्था गर्न सुझाव

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • चालु आवको पहिलो त्रैमासदेखि इसीएल अनुरूप कर्जा नोक्सानी व्यवस्था गर्न सुझाव

    काठमाडौँ / वित्तीय संस्था संघले गत साता आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी दुई दिने तालिम बुधबार सम्पन्न भएको छ । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यरत ४५ जना भन्दा बढी विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

    images
    images

    केन्द्रीय बैङ्कका कार्यकारी निर्देशकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा  स्वागत मन्तव्य राख्दै सह आयोजकका तर्फबाट सीए  रमेश धितालले एफ आर एस ९ को गडनाका लागि बिगतका वर्षहरूका कर्जाका तथ्याङ्क एकरूपकताका साथ राख्नुपर्ने बताए ।

    साथै कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सूचना प्रबिधि   बिभाग सम्मिलित समिती तत्काल गठन गरी बैङ्क तथा वित्तीय संस्थाले २ वर्ष नकुरी पूर्व तयारी मा रहनु पर्ने उनको भनाइ छ ।

    प्रतिवेदन मान– ९ लागु गर्न आवश्यक पूर्वाधार विकासको लागि सहजीकरण गर्न तथा छिमेकी मुलुकमा गरिएका इ सी एल कार्यान्वयनका अभ्यास अध्ययन गरेर केन्द्रीय बैङ्कले मार्गदर्शन प्रदान गर्न समेत सीए धितालको आग्रह छ । 

    कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनर बम बहादुर मिश्र, बैङ्क सुपरीवेक्ष विभाग प्रमुख श्री देव कुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशन राजन विक्रम थापाको सहभागीता रहेको थियो ।
    कार्यक्रमको समापन सत्रमा बोल्दै डेपुटी गर्भनर मिश्रले वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी तालिममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । 

    उक्त अवसरमा २०८०/८१ को प्रथम त्रैमासको प्रतिवेदनदेखि नै वित्तीय प्रतिवेदनमान - ९ अनुसारको कर्जा नोक्सानी व्यवस्था इसीएल अनुरूप कायम गर्नुपर्ने भएकोले वित्तीय संस्था संघलाई आफ्ना कार्यरत कर्मचारीहरूलाई पोख्त बनाउनसमेत उनले निर्देशन दिए । 

    विभिन्न सफ्टवेयरमा ठुलो धन राशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्ण रूपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकोले त्यस तर्फ लाग्न र सफ्टवेयर खरिद बापत हुने ठुलो विदेशी मुद्रा खर्च रोक्न सुझाव दिए । 
    कार्यक्रमको समापन गर्दै वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले उपस्थिति सबैमा धन्यवाद ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार