images
images

श्रीकृष्ण जन्माष्टमी पर्व : काठमाडौँमा यसरी मनाइँदैछ (तस्वीरहरूसहित)

श्रीकृष्ण जन्माष्टमी पर्व : काठमाडौँमा यसरी मनाइँदैछ (तस्वीरहरूसहित)

बुधवार, भदौ २० २०८०
बुधवार, भदौ २० २०८०
  • श्रीकृष्ण जन्माष्टमी पर्व : काठमाडौँमा यसरी मनाइँदैछ (तस्वीरहरूसहित)
    images
    images

    काठमाडौँ / आव भाद्र भाद्र कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्णजन्माष्टमी’ पर्व । हिन्दु धर्मावलम्बीहरूले आज यो पर्व धुमधाम गरी मनाउँदै छन् । 

    पर्वका अवसरमा काठमाडौँलगायत देशभरका कृष्ण मन्दिरमा पूजाआजा गर्नका लागि भक्तजनको घुइँचो लागेको छ । पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड देखिन्छ । 

    यस्तै, पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिरहरू, वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरलगायत ठाउँमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पर्वका अवसरमा काठमाडौंका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकालेका छन् । 

    वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । यही कारण ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउन लागिएको जानकारहरू बताउँछन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार