चर्चित समाचार
  • सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच सम्झौता, सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने

    सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच सम्झौता, सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने

    शुक्रवार, भदौ २२ २०८०
    शुक्रवार, भदौ २२ २०८०
  • सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच सम्झौता, सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने

    काठमाडौँ / नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंक बिच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । 

    नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनिले जनएको छ ।

    यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर श्री अधीर कुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ । 

    यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकवर्गले सानिमा बैंक मार्फत सहुलियत दरमा फाईनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।

    यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर “रेनो शुभ कार रम्भ” योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाईनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुइ वर्षसम्म निःशुल्क सर्भिसिङ र  बेस्ट भ्यालु एक्स्चेन्ज अफरल गायतका लाभ पाउन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार