images
images

रामबाबु ज्ञानु सामुदायिक सेवा पुरस्कारबाट यी चार संस्था सम्मानित हुने

रामबाबु ज्ञानु सामुदायिक सेवा पुरस्कारबाट यी चार संस्था सम्मानित हुने

आइतवार, भदौ २४ २०८०
आइतवार, भदौ २४ २०८०
  • रामबाबु ज्ञानु सामुदायिक सेवा पुरस्कारबाट यी चार संस्था सम्मानित हुने

    काठमाडौं/  रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट यसवर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत हुने भएको छ । कोषको शनिबार राजधानी काठमाडौंमा सम्पन्न साधारणसभाले यस वर्ष सामाजिक सेवा पुरस्कारबाट विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषका अध्यक्ष धु्रव नेपालले कोषको शनिबार बसेको साधारणसभाले सामाजिक क्षेत्रका सक्रिय रहेका चारवटा सँस्थालाई पुरस्कृत गर्ने निर्णय भएको बताए । 

    images
    images

    उनले पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमुलक ढंगबाट छनौट गर्नका लागि ५ जना संलग्न एक छनोट समिति गठन गरेर छनोट गरिएको एक विज्ञप्तिमार्फत बताए ।

    समितिले सूचना संकलन गरी स्थलगत भ्रमणसमेत गरी निश्चित मापदण्डको आधारमा उत्कृष्ट प्रतिभाको सिफारिश गर्दछ,’ उनले भने, ‘कोषले प्रत्येक वर्ष रु. ४ लाख नगद राशि हुने गरी रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार एक संस्थालाई तथा रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार २ संस्था वा व्यक्तिलाई प्रदान गर्दै आइरहेकोमा कोष एक दशक पुगेको अवसरमा अतिरिक्त एक रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।’

    कोषका अध्यक्ष ध्रुव नेपालका अनुसार रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्र नगर नगरपालिका– ३, सुर्खेतलाई दिइने भएको छ । यो पुरस्कारको राशि २ लाख नगद र सम्मानपत्र रहेको छ । कोषका अनुसार सो सस्थाले वृद्धवृद्धाहरूलाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँंदै आएको छ । कोषले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौंमा अवस्थित संस्थालाई दिने निर्णय गरेको हो । यो सस्थाले समाजका असहाय वर्गको उद्धार गरी संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ । यो पुरस्कारको
    राशि भने एक लाख नगद र सम्मानपत्र रहेको छ ।

    रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट दृष्टि फाउन्डेशन, नेपाल धनगढी उपमहानगरपालिका
    – १, कैलालीलाई दिने निर्णय भएको छ । यो संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गराउनुका साथै परिवासँंग पुनस्र्थापना गराउँदै आइरहेको भन्दै सम्मान गर्न लागिएको हो । यो पुरस्कारको राशी १ लाख नगद र सम्मानपत्र रहेको छ ।

    त्यसैगरी रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका – ३ लाई दिने निर्णय भएको छ । यो संस्थालेबालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिकबनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको भन्दै एक लाख नगद र सम्मानपत्रसहित सम्मान गर्न लागिएको हो । 

    रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोष स्वयम्सेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पु¥याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरिएको हो । 

    रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१
    सालदेखि रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि रु.चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार