images
images

‘एक भगवत गीता’ विवाद : दुई सातापछि यसरी जुट्यो सहमति, फेरियो फिल्मको शीर्षक

‘एक भगवत गीता’ विवाद : दुई सातापछि यसरी जुट्यो सहमति, फेरियो फिल्मको शीर्षक

आइतवार, भदौ २४ २०८०
आइतवार, भदौ २४ २०८०
  • ‘एक भगवत गीता’ विवाद : दुई सातापछि यसरी जुट्यो सहमति, फेरियो फिल्मको शीर्षक

    काठमाडौँ / चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । झरना थापाको निर्देशन रहेको फिल्म ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद शीर्षक परिवर्तन गरिएसँगै आइबार टुंगिएको हो। फिल्मको शीर्षक परिवर्तन गरेर ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति भएको छ । 

    images
    images

    हिन्दू धर्मग्रन्थ ‘श्रीमद् भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै धार्मिक संस्थाहरूले आपत्ति जनाएका थिए । उनीहरूले फिल्मको नाम परिवर्तनको माग राख्दै चलचित्र विकास बोर्ड र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा समेत निवेदन बुझाएका थिए । 

    उक्त नामले धार्मिक आस्थामा चोट पुग्ने बताउँदै नाम परिवर्तन नभएसम्म फिल्मलाई बोर्डबाट सेन्सरका लागि सिफारिस नगरिदिन धार्मिक संस्थाहरूको अनुरोध थियो । विकास बोर्डले सेन्सर सिफारिसलाई थाती राखेर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मको टिम, धार्मिक संस्थाका प्रतिनिधि, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित अन्य फिल्मकर्मीहरूबीच भएको छलफलमा नाम परिवर्तन गर्नेमा दुवै पक्षबीच सहमति जुटेको हो ।

    निर्माता एवं अभिनेता दीपकराज गिरीले फिल्म प्रदर्शनको अन्तिम घडीमा नामै परिवर्तन गर्न निर्माण पक्षलाई अप्ठ्यारो हुने भन्दै धार्मिक संघसंस्थाका प्रतिनिधिलाई सहमतिका लागि सहजीकरण गरिदिएका थिए ।

    फिल्मको नयाँ शीर्षकका लागि ‘एक भागवत र एक गीताको कथा’, ‘एक भागवत र एक गीताको प्रेमकथा’, ‘एक गीता भगवत’, ‘एक भागवत’ वा ‘एक गीता’, ‘अर्को भागवत गीता’, ‘एक भागवत–गीता’ लगायतका नाम सिफारिस भएका थिए ।

    जसमध्ये निर्देशक दीपेन्द्र के. खनालले ‘एक भागवत एक गीता’ शीर्षक सिफारिस गरेका थिए र निर्माण पक्ष सोही शीर्षकमा सहमत भएका थिए । धार्मिक संस्थाका प्रतिनिधिहरूले भने शीर्षकमा ‘र’ थप्नुपर्ने तथा ब्राइकेटभित्र सामाजिक कथा लेख्नुपर्ने सर्त पनि निर्माण पक्षले स्वीकार गरेका छन् । 

    सहमति जुटेपछि बोर्ड अध्यक्ष भुवन केसीले दुवै पक्षलाई खादा लगाएर धन्यवाद व्यक्त गरेका थिए । उनले विकास बोर्डले सेन्सर सिफारिस रोक्न नमिल्ने बताउँदै दुवै पक्षलाई मिलाउने प्रयास गरेको बताए ।

    छलफलमा फिल्मको टिम र धार्मिक संघसंस्थाका प्रतिनिधि, विकास बोर्ड अध्यक्ष केसीका साथमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निर्माता एवं अभिनेता दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के. खनाल लगायत उपस्थित थिए । 

    भदौ २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विपिन कार्की, सुहाना थापा र धिरज मगरको शीर्ष भूमिका छ । सुनीलकुमार थापा फिल्मका निर्माता हुन् । सहमति जुटेसँगै नयाँ शीर्षकको पोस्टर समेत निर्माण पक्षले आइतबार नै सार्वजनिक गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार