काठमाडौँ / पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । एमाले सचिवालयका अनुसार सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गए राति अचानक हृदयघात भएको हो । हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो ।
नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका छन् ।
नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका छन् ।