images
images

कताहो प्रणालीको इमर्जेन्सी रेसपोन्स कन्सोल तारकेश्वर नगरपालिकामा जडान

कताहो प्रणालीको इमर्जेन्सी रेसपोन्स कन्सोल तारकेश्वर नगरपालिकामा जडान

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • कताहो प्रणालीको इमर्जेन्सी रेसपोन्स कन्सोल तारकेश्वर नगरपालिकामा जडान
    images
    images

    तारकेश्वर नगरपालिकामा हार्डवेयरमा आधारित इमर्जेन्सी रेसपोन्स कन्सोल जडान भएको छ । नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकाश गरेको उक्त अत्याधुनिक हार्डवेयर जडान भई उद्घाटन गरिएको हो ।

    तारकेश्वर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाहरूले कुनै विपत्ति परेमा निःशुल्क प्रयोग गर्न मिल्ने कताहो एप मार्फत आफूलाई परेको स्वास्थ्य, सुरक्षा सहायता तथा आगलागीमा नगरपालिकालाई तत्काल सूचना दिन सकिन्छ । 

    यसको माध्यमबाट आएको सूचनाको आधारमा स्थान पहिचान गरी आपतकालिन उद्धार टोली सम्बन्धित व्यक्ति वा स्थानमा पुग्न सक्छ । 
    यसका अलगावा यस प्रणालीको नागरिक आँखा नामक सेवामार्फत स्थानीय तले गरेका कामहरूको प्रशंसासमेत गर्न सकिन्छ । 
    नगरपालिकाले गर्नुपर्ने कार्यहरूका विषयमा तथा पालिकाभित्रका समस्या, विकास निर्माणलगायतका कुराहरूमा सूचना तथा गुनासो गर्न सक्नेछन् । 

    यसको प्रयोगले आम मानिसमा सचेतना सँगसँगै जनप्रतिनिधिमा उत्तरदायित्वसमेत बोध गराउने र आम जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूती दिने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

    उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णहरी महर्जनले राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा यो उपकरणको उद्घाटन गरी नेपालमै पहिलो पटक शुरुवात गर्न पाउँदा अत्यन्तै गर्व लागेको विचार व्यक्त गरे । 

    विपतको समयमा हुनसक्ने क्षतीलाई न्यूनीकरण गर्नको लागि यसको भूमिका महत्त्वपूर्ण रहेको समेत बताए । 

    आपतकालिन अवस्थामा मात्र नभएर नगरपालिका भित्र रहेका विभिन्न सेवा सुविधाहरुलाई समेत यसको प्रयोगले चुस्त दुरुस्त बनाउन सक्ने देखिएको हुँदा सेवा प्रवाहमा समेत यसले सकारात्मक प्रभाव पार्ने बताए । 

    साथै उनले कुनै नागरिकले एक्लै परेर सहयोगको आवश्यकता पर्दा यस कताहो एप र भ्च्ऋ मार्फत नगरपालिकामा तुरुन्तै सूचना प्राप्त हुने तथा सहयोगको लागि तारकेश्वर नगरपालिका सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।

    घोषणापत्रमा समेत समावेश भएको घर ठेगाना, टोल, ब्लक, घर नम्बर जस्ता सेवाहरु समेत अबिलम्ब लागु गर्दै जाने तयारी रहेको उनले स्मरण गराए । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर प्रहरी लगायतको उपस्थिती थियो ।

    नेपालमा विभिन्न प्रविधिहरूको अनुसन्धान र विकाश गर्दै आएका नेपालका अनुसन्धानकर्ता राम लक्ष्मण रिमालले आफूहरूले विकास गरेको सो प्रणालीको अभिमुखीकरण दिएका थिए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार