images
images

कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट : अर्डर बुकिङ्ग योजना सुरु, केके छ उपहार ?

कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट : अर्डर बुकिङ्ग योजना सुरु, केके छ उपहार ?

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट : अर्डर बुकिङ्ग योजना सुरु, केके छ उपहार ?
    images
    images

    काठमाडौँ / कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँ म्यारियट होटलमा आफ्नो डिलर्स मीट आयोजना गरेको छ । उक्त विशेष कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो । 

    कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरेका थिए । साथै उनीहरूले डिलरहरूसँग सक्रिय संवाद पनि गरेका थिए । 

    साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गरेका छन् । 

    कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०x६० सिएम सिरेमिक वाल टायलको सार्वजनिक प्रदर्शन गरिएको थियो । 

    आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ । नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउँदैछ ।

    kajaria.JPG

    कजारिया रमेश टायल्स लिमिटेडले डिलरहरूका लागि अर्डर बुकिङ्ग योजना सुरु गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ । 

    कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि  टिकट वितरण गरिएको छ ।

    यस कार्यक्रमले कजारिया रमेश टायल्स लिमिटेडका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ ।

    News.JPG

    कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ जसमा रु.४०० करोडको लगानी गरिएको छ । 

    यो फ्याक्ट्रीमा स्थानीय सामग्रीहरुको प्रयोग गरी वार्षिक ८० लाख वर्ग मिटर टायल उत्पादन गरिनेछ । यसले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने, अर्थतन्त्रलाई विकास गर्ने, हजारौँ रोजगारको अवसर सिर्जना गर्ने र विश्वस्तरीय टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार