images
images

सुजुकी 'पर्वोत्सव' योजनामा नाडा अटो शोको लागि एक लाखसम्म छुट

सुजुकी 'पर्वोत्सव' योजनामा नाडा अटो शोको लागि एक लाखसम्म छुट

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • सुजुकी 'पर्वोत्सव' योजनामा नाडा अटो शोको लागि एक लाखसम्म छुट

    काठमाडौँ / नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंस अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आगामी दसैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना 'सुजुकी पर्वोत्सव अफर' सार्वजनिक गरेको थियो। 

    images
    images

    यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

    नाडा अटो शो लक्षित शो कार्यक्रम भरी गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने कम्पनीको भनाइ छ।

    यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरूमा फरक–फरक छुटहरू लागू हुनेछन्। 

    नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरू जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र  नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ। यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार