images
images

नाडा अटो शो मा फोर्स अरबानीया सार्वजनिक, १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार

नाडा अटो शो मा फोर्स अरबानीया सार्वजनिक, १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार

बुधवार, भदौ २७ २०८०
बुधवार, भदौ २७ २०८०
  • नाडा अटो शो मा फोर्स अरबानीया सार्वजनिक, १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार

    काठमाडौं/  नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शो मा अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरेको छ । 

    images
    images


    भारतमा अत्यधिक माग रहेको उक्त मोटर्स नेपालमा सर्वाधिक मानिसहरुको पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स कम्पनी हो । 

    भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ ।

    force 2.jpg 

    यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ । 
    आकर्षक र सुबिधा सम्पन्न  देखिएको माइक्रोबसमा १५ र १८  सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको  मुल्य ८२,९९,००० र १८ सिटको भ्यानको मुल्य ८६,९९,००० कम्पनीले सार्वजनिक गरेको छ ।

    force 2.jpg

    यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । 

    फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा  डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार