images
images

कन्फिडेरेसन अफ नेस्नल स्पोट्र्सको बैठक, यस्ता छन् खेल क्षेत्र विकासका लागि गरिएका निर्णयहरु

कन्फिडेरेसन अफ नेस्नल स्पोट्र्सको बैठक, यस्ता छन् खेल क्षेत्र विकासका लागि गरिएका निर्णयहरु

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • कन्फिडेरेसन अफ नेस्नल स्पोट्र्सको बैठक, यस्ता छन् खेल क्षेत्र विकासका लागि गरिएका निर्णयहरु
    images
    images

    नेपाल टेनिस संघका अध्यक्ष श्रीमती ज्योति राणाको अध्यक्षतामा  समसामयिक विषयमा छलफल भएको छ । 

    सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको सभाहलमा नेपाल ओलम्पिक कमिटिमा आबद्ध खेल संघहरु मिलेर बनेको संस्था कन्फिडेरेसन अफ नेस्नल स्पोट्र्स् एसोसिएसनको बैठकले खेल क्षेत्रमा हाल विकसित विषयहरुमा छलफल गरि विभिन्न निर्णय गरेको छ । 


    उक्त बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख उमेश जंग रायमाझीको विशेष उपस्थिति रहेको थियो । बैठकमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधनको लागि बनेको विधेयकको मस्यौदा, आगामी १० औं राष्ट्रिय खेलकुद र खेलकुदका विविध विषयमा व्यापक छलफल भएको छ । 


    बैठकमा सहभागी सम्पूर्ण खेल संघका पदाधिकारी तथा प्रतिनिधिहरुद्धारा राष्ट्रिय खेलकुद विकास ऐनको मस्यौदा यथाशिघ्र माग गर्ने, १० औं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नु पूर्व सम्बन्धित खेल संघका प्रतिनिधिबाट खेल स्थलको अनुगमन, निरिक्षण र सरोकारवाला खेल संघको परामर्शमा १० औं राष्ट्रिय खेलकुद सम्बन्धी निर्देशिका जारी गर्नुपर्ने लगायतका माग राखेको छ । 

    युवा तथा खेलकुद मन्त्री समक्ष ज्ञापन पत्र पेश गर्ने र सो सम्बन्धी निर्णय नहुञ्जेल सम्म हाल निर्धारित गरिएको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक समेत स्थगित गर्नका लागि माग गर्ने निर्णय गरिएको छ । 
    उल्लेखित विषयहरुको सहजीकरणका लागि सम्बन्धित निकायमा नेपाली काँग्रेसका खेलकुद विभाग प्रमुख उमेश जंग रायमाझीले आवश्यक पहल गर्ने विश्वास दिलाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार