images
images

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक बजारमा, बिक्रीबाट आउने रकम असाहय बृद्धाबद्धालाई

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक बजारमा, बिक्रीबाट आउने रकम असाहय बृद्धाबद्धालाई

शुक्रवार, भदौ २९ २०८०
शुक्रवार, भदौ २९ २०८०
  • डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक बजारमा, बिक्रीबाट आउने रकम असाहय बृद्धाबद्धालाई

    काठमाडौँ / वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक बजारमा आएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूकाबिच शुक्रबार लेखक डा. ओम मूर्ति अनिल, श्रीमती मनिषा, छोरी अनिशा र आरभले संयुक्तरूपमा अनावरण गरे । 

    images
    images

    जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।

     पुस्तकमा सम्बन्धहरूको गहिराईलाई केलाइएको छ । त्यस्तै व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित हुँदै  मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । 

    पुस्तकले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिनेछ  । २४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ ।

     पुस्तक प्रकाशनको मुल उद्देश्य पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा। ओम फाउन्डेसनमार्फत् खर्च गरिने फाउन्डेुनले जनाएको छ । 

    असोज ५ गते शुक्रबार साँझबाट बजारमा आउने यस पुस्तक भदौ २९ गते शुक्रबारदेखि पुस्तककोे अनलाइन बुकिङ खुल्ला भएको छ ।

    दराज, ई-सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा। ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत् अनलाइन बुकिङ हुनेछ ।

     पुस्तकको काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरी हुनेछ । देशभरका पुस्तक पसल तथा उपत्यकाबाहिर समिक्षा पब्लिकेसनले वितरण गर्नेछ । यो पुस्तक विभिन्न सुपर स्टोर एवम् कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुनेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार