images
images

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली अनुवादन ‘सत्यको जगमा उभिएर’ सार्वजनिक

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली अनुवादन ‘सत्यको जगमा उभिएर’ सार्वजनिक

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली अनुवादन ‘सत्यको जगमा उभिएर’ सार्वजनिक

    काठमाडौँ /  अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी नेपाली भाषाको अनुवादित भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ शनिबार काठमाडौँमा सार्वजनिक गरिएको हो । अनुवादक विप्लव प्रतीक, लेखक र अनुवादक सगुना शाह तथा प्रकाशन संस्था वी रीडकी सीईओ सुनिती अमात्यले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार सार्वजनिक गरे । 

    images
    images

    विमोचनअघि शाहसँगको संवादमा अनुवादक प्रतीकले प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा हमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए ।

    शाहले “कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो ?” भन्ने प्रश्न गरेकी थिइन् । सो प्रश्नको उत्तर दिँदै उनले भने “उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ ।”

    Sambad.JPG

    रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरूको परिस्थितबारे ह्यारिसले गरेको सफलता र कार्यानुभवले आफुलाई आकर्षित गरेको शाहले बताइन् । साथै उनले पुस्तकमा आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्त्वका साथ आएको जानकारी दिइन् । 

    त्यस्तै, “यात्रामा आएका डर वा निराशालाई ह्यारिसले किन नलेखेकी होलिन्, केही छुटेजस्तो लाग्दैन ?” भन्ने शाहको प्रश्नमा प्रतीकले अरुलाई निडर बनाउन र अघि बढिरहन प्रेरित गर्न पनि यस्ता सन्दर्भलाई उल्लेख नगरेको हुनसक्ने बताए ।
     
    शाहसँगको संवादको क्रममा उनले पुस्तकको कुनै लाइन वा प्रसंग छोड्ने काम आफुबाट नभएको बताए । आफुले इमान्दारीपूर्वक अनुवाद गरेको र पाठकप्रति कहिल्यै पनि बैमानी नगर्ने उनले दोहोर्याए । 

    biplab pratik.JPG
    उनले भने, “त्यसरी अनुवाद गर्न मिल्दैन । मैलेचाहिँ यसो गर्न मिल्दैन र गर्दिनँ पनि । अनुवादमा इमान्दारी जरुरी छ ।” शाहले फरक प्रसंगमा उपराष्ट्रपतिसम्म आइपुग्दाका अपार सफलता देखाइए पनि त्यसका पछाडि पुरुषहरु दृश्यमा खास नदेखिएको बताइन् । आमाको जति भूमिका बुबाको नदेखिएको उनको भनाइ थियो ।

    दुई वर्षअघि नै पुस्तकको काम सुरु भएको भए पनि प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार