images
images

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, किन मनाइन्छ ?

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, किन मनाइन्छ ?

सोमवार, असोज १ २०८०
सोमवार, असोज १ २०८०
  • आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, किन मनाइन्छ ?

    काठमाडौं / प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्।

    images
    images

    विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।

    कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

    द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ।  


    विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। पूर्विय दर्शन अनुसार शिल्प सङ्काय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट श्रम दिवसका रूपमा पनि मनाउने चलन छ । राष्ट्रिय समृद्धिका लागि एक सङ्कलप दिवस पनि हो। सरकारी अनि गैर सरकारी इनजिनियरिङ संस्थामा धेरै नै हर्षोल्लासका साथ मनाइन्छ । 

     भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ।आजको दिन दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ।  

    विशेषगरी पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आजै असोज १ गते (कन्या सङ्क्रान्ति) का दिन मनाउने प्रचलन छ । विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद पनि देखिन्छ । श्रुतिको वचन छ –विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा–आराधना गर्नुपर्दछ ।

    विवाहादिषु यज्ञेषु गृहारामविधायके!
    सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम\ !!

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार