Comming Soon

सिर्जनशिलतामा नयाँ आयाम थप्दै TechTrix-2023 सम्पन्न, कसले जिते उपाधि ?

सिर्जनशिलतामा नयाँ आयाम थप्दै TechTrix-2023 सम्पन्न, कसले जिते उपाधि ?

images
अर्थ डबली
सोमवार, आश्विन १ २०८०
अर्थ डबली
सोमवार, आश्विन १ २०८०
  • सिर्जनशिलतामा नयाँ आयाम थप्दै TechTrix-2023 सम्पन्न, कसले जिते उपाधि ?
    images

    काठमाडौं/  वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । 
    पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाण्डौ शान्तीनगरस्थित न्यू समिट कलेज, शान्तिनगर, काठमाडौँ र TechTrix Nepal आयोजित TechTrix-2023 आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    समापन समारोह कलेजका प्रिन्सिपल चोकराज दवाडीद्वारा सभापतित्व गरिएको थियो भने स्वागत मन्तव्य कलेजका संचालक समिति अध्यक्ष अजय प्रसाद ढकालले राखेका थिए ।

    समापन समारोहमा त्रि.वि आइओएसटिका डिन प्रा.डा.विनिल अर्याल प्रमूख आतिथि थिए । 

     आईटी शिक्षामा विद्यार्थीहरुलाई आपूmसँग भएको अन्र्तनिहित क्षमता स्पूmरण गर्न चाहिने एथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व आईटी शिक्षा र आईविज्ञले गर्नेमा दुइमत नभएको कुरा तपाईहरुमा राख्न चाहन्छु, प्रा.डा. अर्यालले भने । 

    education.jpg

    विभिन्न विधामा संचालित प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

    प्रमूख अतिथि प्रा.डा. अर्यालले एक लाख पचासी हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरुलाई वितरण गरेका थिए । जस अन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितिय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो ।

    Clash Royale संजय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जि विजेता भने के एफ ए कलेजका सुभम चित्रकारको समूह थियो । सुनिल गिरिको टिम HYPE उप विजेता बन्दा टप फ्रागरको उपाधि विषेश खड्काले पाए । 
    फिफा २३ विजेता जगदिज पाण्डे  भएका छन् । उप विजेताको उपाधि समिर गुरुङ्ग बने । 

    education 3.jpg

    तिन दिवशिय प्रयोगिताको मुख्य आकर्षण Hackathon St. Xaivers  कलेजले जितेको थियो भने उप विजेता उपाधि सगरमाथा कलेज र तेस्रो स्थान न्यू समिट कलेजलाई गएको थियो । 

    विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णयिकको भुमिकामा रहेका विभिन्न विषय विज्ञ  विश्व काजि श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, ई.आर. प्रविन चौहान निर्णयको आधारमा विजेता घोषणा गरिको थियो ।


    कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो लगायतले सहयोग गरेको थियो । 

     

    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    images
    थप समाचार