images
images

पश्चिमी र स्थानीय वायुसँगै चक्रवात ‘दाना’को आंशिक प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

पश्चिमी र स्थानीय वायुसँगै चक्रवात ‘दाना’को आंशिक प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • पश्चिमी र स्थानीय वायुसँगै चक्रवात ‘दाना’को आंशिक प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव समेत रहेको छ ।

    images
    images
    images
    images

    हाल कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । 

    शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

    कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार राति कोशी प्रदेशलगायत  कर्णाली र सुदुरपश्चिम  प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    शनिबार दिउँसो कोशी ,लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    शनिबार राति कोशी प्रदेश लगायत देशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आइतबार दिउँसो कोशी प्रदेश लगायत देशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार