images
images

महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूले सलोन, रेस्टुरेन्टदेखि क्लिनिकसम्म छुट पाउने, कुनमा कति प्रतिशत ?

महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूले सलोन, रेस्टुरेन्टदेखि क्लिनिकसम्म छुट पाउने, कुनमा कति प्रतिशत ?

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूले सलोन, रेस्टुरेन्टदेखि क्लिनिकसम्म छुट पाउने, कुनमा कति प्रतिशत ?

    महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । 

    images
    images

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले उक्त सम्झौता गरेको हो । 

    सम्झौता पश्चात महालक्ष्मी विकास बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार सूर्य जनसेवा हेल्थकेयर प्रा.लि. कोटेश्वर-२५ काठमाडौँमा ल्याब इन्भेटिगेसनमा २० प्रतिशत, युएसजी, एक्स-रे, इको, इन्डोस्कोपी, जनरल वार्ड, क्याबिन र ओपिडीमा १५ प्रतिशत, ल्याप्रोस्कोपि, जनरल सर्जरी, अर्थोपेडिक, गाइनोक्लोजिकल, ओबिएसमा १० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट पाइनेछ ।

    त्यस्तै, गैडहवा-६, सूर्यपुरास्थित सूर्यापुरा पोलिक्लिनिकमा ल्याब, एक्स-रे, भिडिओ एक्स-रे, इसिजी एण्ड बेड चार्जमा १० प्रतिशत, फार्मेसमा ५ प्रतिशत, ओपिडीमा सय प्रतिशत छुट पाइनेछ भने न्यूरोड काठमाडौँस्थित कर्नर प्वाइन्ट रेस्टुरेन्ट एण्ड बार प्रा.लि. र इ–रिभोल्भिङ इन्डियन कसिनो रेस्टुरेन्टमा अल काइन्ड अफ फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाइनेछ । यसैगरी इटरी, सुनसरीमा रहेको गंगा जुमना युनिसेक्स सलोन प्रा.लि.मा कपाल काट्नेदेखि लिएर सबै सुविधामा १० प्रतिशत छुट पाइने बैङ्कले जनाएको छ । 

    यस किसिमको सहकार्यबाट बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास रहेको बैङ्कले जनाएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैङ्कले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार