images
images

कामना सेवा विकास बैङ्क र एफवान सफ्ट  इन्टरनेशनलबिच विभिन्न योजनासम्बन्धी सम्झौता

कामना सेवा विकास बैङ्क र एफवान सफ्ट  इन्टरनेशनलबिच विभिन्न योजनासम्बन्धी सम्झौता

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • कामना सेवा विकास बैङ्क र एफवान सफ्ट  इन्टरनेशनलबिच विभिन्न योजनासम्बन्धी सम्झौता

    काठमाडौँ / कामना सेवा विकास बैङ्क र एफवानसफ्ट इन्टरनेशन प्रा.लि.बिच विभिन्न योजनासम्बन्धी सम्झौता भएको छ । बैङ्कका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

    सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैङ्कको मोबाइल बैङ्किङमा रजिस्टर गरी कुनै पनि रकमको टपअप गर्नेमध्ये भाग्यशाली ५० जना ग्राहकहरूले ५० रुपैयाँको टपअप जित्न सक्नुहुनेछ । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।

    त्यसैगरी, ग्राहकहरूले न्यूनतम १०० रुपैयाँको टपअपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत इयरबड्स जित्न सकिनेछ । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुनेछ ।

    त्यस्तै, कारोवार गर्ने ग्राहकहरूमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नुहुनेछ । यो योजना जेठ मसान्तभर लागु हुनेछ । बैङ्कले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत् अत्याधुनिक बैङ्किङ सुविधा प्रदान गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार