काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
असोज १ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेएनआईएमबि एस क्यापिटल लिमिटेडले पुरा गरेको हो ।