images
images

सेयर बजार ४.४५ अङ्कले घट्दा करिब ९ अर्बको कारोबार, वित्त समूहमा झुम्मिए लगानीकर्ता

सेयर बजार ४.४५ अङ्कले घट्दा करिब ९ अर्बको कारोबार, वित्त समूहमा झुम्मिए लगानीकर्ता

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • सेयर बजार ४.४५ अङ्कले घट्दा करिब ९ अर्बको कारोबार, वित्त समूहमा झुम्मिए लगानीकर्ता
    images
    images

    काठमाडौँ / बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मङ्गलबार नेप्से १४.०८ अङ्कले घटेकोमा बुधबार पनि ४.४५ अङ्कले घटेर २७११.४५ बिन्दुमा थामिएको हो । 

    अघिल्लो दिनको कारोबारको तुलनामा आज रकम पनि सामान्य बृद्धि भएको छ । मङ्गलबार ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने ९ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

    बुधबार ११३ ओटा कम्पनीको सेयर मूल्य बढ्दा १२२ ओटा कम्पनीको भने घटेको छ । ७ ओटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । अघिकांश परिसूचकहरू ओरालो लाग्दा वित्त समूहमा भने आज लगानीकर्ताको आकर्षण बढेको छ । 

    यो दिन पाँच समूहको परिसूचक बढेकोमा वित्त समूहको सूचक भने ५.६७ प्रतिशतले बढेको हो । त्यस्तै, हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीबन बिमा र अन्य समूहको परिसूचक सामान्य बढेको छ । 

    आज सार्वधिक बढी गुमाउनेमा व्यापार समूहका लगानीकर्ता छन् । यो समूहको परिसूचक १.४२ प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक पनि सामान्य घटेको छ । 

    घटेको बजारमा आज तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । उपकार लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयरमूल्य सर्किट लेभलमा बढेको हो । 

    त्यस्तै, पोखरा फाइनान्स, समृद्धि फाइनान्स र भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    यता, दुई कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्टको सेयर मूल्य आज १० प्रतिशतले घटेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा बुधबार पनि नेगेटिभ सर्किट लागेको थियो । 

    आजको कारोबारपछि बजार पुँजीकरण ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाखमा सीमित भएको छ । 
    बुधबार नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार रकम सर्वाधिक बढी छ । यो कम्पनीको ३३ करोड ७६ लाख ३९ हजार रुपैयाँ बढीको सेयर कारोबार भयो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार