काठमाडौँ / राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेट भएको छ ।
मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा भएको भेटवार्तामा श्रेष्ठ र मार्को टोस्कानोबीच विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बनधी छलफल भएको छ ।
भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको आयोगले जनाएको छ । उपाध्यक्ष श्रेष्ठले नेपाल विपद् जोखिम न्यूनीकरणमा निकै अघि बढेको बताए ।
भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति रहेको थियो ।