images
images

होन्डाको नयाँ इलेभेट कार नेपाली बजारमा, कति तोकियो सुरुवाती मूल्य ?

होन्डाको नयाँ इलेभेट कार नेपाली बजारमा, कति तोकियो सुरुवाती मूल्य ?

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • होन्डाको नयाँ इलेभेट कार नेपाली बजारमा, कति तोकियो सुरुवाती मूल्य ?

    काठमाडौँ / नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले मङ्गलबार होन्डा इलेभेट कार सार्वजनिक गरेको छ । 
     होन्डा शोरुम, धोबीघाट, ललितपुरमा आयोजित एक कार्यक्रममार्फत कम्पनीले होन्डा इलेभेट कार सार्वजनिक भएको घोषणा गरेको हो । यसको आगमनले अटोमोबाइलको संसारमा एउटा उल्लेखनीय अध्याय थपिएको कम्पनीको भनाइ छ । यससँगै होन्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र थप ७५ हजार रुपैयाँ छुटका साथै साथै निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको छ । 

    images
    images

    विशेषताहरू

    होन्डा इलेभेटले मनमोहक डिजाइन र उन्नत प्रविधिको मिश्रणको साथ ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आकर्षक सौन्दर्यदेखि नवीन सुविधाहरूसम्म, एलिभेटले पाङ्ग्रा पछाडिको हरेक पल बृद्धि गर्न सेट गरिएको छ । होन्डा एलिभेटमा विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरूद्वारा हाइलाइट गरिएको डिजाइन छ, जसले गर्दा यो सडकमा फरक देखिन्छ । 

    भित्री रूपमा यसमा खैरो र कालो रंग गरी दुई–टोन झल्किन्छ । भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्दछ, र पछाडिको केबिनले यात्रुहरूको लागि पर्याप्त सुविधायुक्त बस्ने ठाँउ प्रदान गर्दछ । एलिभेटले सुविधाको लागि एक–पुस इन्जिन सुरु÷स्टप कार्यक्षमता सुविधा दिन्छ । 

    अल्फा–बोल्ड सिग्नेचर ग्रिल र बेस्ट–इन–क्लास २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको भनाइ छ । आर–१७ डुअल–टोन भएका डायमण्ड–कट एलोय ह्वीलहरूले यसको पहिल्यै बोल्ड लुक्समा परिष्कार गरेको छ । 

    कति छ मूल्य ?

    १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध, होन्डा एलिभेट एसभीएमटीको मूल्य  ५६ लाख ३५ हजार रुपैयाँदेखि सुरु हुन्छ । त्यस्तै, इलेभेट भिएमटिको सुरुवाती मूल्य ६० लाख ३५ लाख, भिएक्सएमटिको ६६ लाख ९५ हजार, जेडएक्सएमटिको ७३ लाख ४४ हजार, भिसिभिटिको ६५ लाख ७० हजार, भिएक्ससिभिटिको ७१ लाख ९५ हजार, जेडएक्ससिभिटिको ७८ लाख ७० हजार रुपैयाँ र इलेभेट जेडएक्ससिभिटि (डि.टि.)को सुरुवाती मूल्य ७९ लाख ४४ हजार रुपैयाँ तोकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार