images
images

नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्षमा शर्मा निर्विरोध, कोषाध्यक्ष बने सलोम एग्रिकल्चरका श्रीकृष्ण

नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्षमा शर्मा निर्विरोध, कोषाध्यक्ष बने सलोम एग्रिकल्चरका श्रीकृष्ण

शनिवार, असोज ६ २०८०
शनिवार, असोज ६ २०८०
  • नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्षमा शर्मा निर्विरोध, कोषाध्यक्ष बने सलोम एग्रिकल्चरका श्रीकृष्ण
    images
    images

    काठमाडौँ / कृषि यन्त्र उपकरण विक्री गर्दै आईरहेको व्यवसायीहरूको संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को अध्यक्षमा एसकेटी नेपालका प्रबन्ध निर्देशक कृष्ण शर्मा निर्विरोध निर्वाचित भएका छन् । पोखरामा शुक्रबार राति सम्पन्न नामियाको औठौँ साधारणसभा तथा अधिवेशनले दुई वर्षका लागि शर्मालाई अध्यक्षमा चयन गरेको हो । यसअघि महासचिवमा रूपमा रहेका शर्मा दुई दशक कृषि यन्त्र बिक्री वितरण गर्दै आईरहेका छन् । 

    अधिवेशनले आर एण्ड डी सोलुसनकी प्रवन्धकसमेत रहेकी कृषि र प्रविधि मासिक पत्रिकाकी सम्पादक सुनिता न्हेमाफुकीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । निकटतम प्रतिद्वन्द्वी सविन्द्र त्रिपाठीलाई १४६ मतान्तरले पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित बनेकी हुन् 

    यसैगरी महासचिवमा जि सेभेनका अर्जुन लुइटेल, सचिवमा श्रेष्ठ एग्रि इन्पुटका गौरव श्रेष् र कोषाध्यक्षमा सलोम एग्रिकल्चरका श्रीकृष्ण अधिकारी निर्विराध निर्वाचित भएका हुन् । त्यस्तै, संघको अधिवेशनले राजेन्द्रजङ्ग रायमाझी, गौतम महर्जन, सन्तोष कुमार श्रेष्ठ, रोशन प्रसाद ढकाल, सकल थापा, पुस्कल गिरी र हरि खरेल र सकुन्तला कुमारी सुवेदीलाई सदस्यमा निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार