images
images

पूँजीगत खर्चबारे प्रधानमन्त्री र मन्त्रीहरूमाथि उठ्यो प्रश्न

पूँजीगत खर्चबारे प्रधानमन्त्री र मन्त्रीहरूमाथि उठ्यो प्रश्न

“एउटा कानून छ, विवाह, भोज, ब्रतबन्धहरूमा ५१ जना भन्दा बढि हुनुहुँदैन । कोही ५१ जना मात्र भएको ठाउँमा जानुभएको छ ? यसको कार्यान्वयन कसले गर्ने, नसकिने भए चार हजार लेखौं न ।”

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • पूँजीगत खर्चबारे प्रधानमन्त्री र मन्त्रीहरूमाथि उठ्यो प्रश्न
    images
    images

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पूँजीगत खर्चमाथि प्रश्न उठाएका छन् । आइतबार संयुक्त समितिमा बोल्दै उनले पूँजीगत खर्च कहाँ कति प्रतिशत हुनुपर्छ भन्ने कुरा के हो, किन भएन, के कारणले रोकियो, को को हो जवाफदेही ?  भन्दै प्रश्न गरेका हुन् ।

    उनले भने, “हामी के भयौँ भने कागजमा विकास गरेछौँ । विकास गरेको किताब पनि बनाउने तर जनताको हृदयमा, फिल्डमा लेखेका कुरा केही नहुने । नेपालको पूँजीगत खर्च कहाँ कति प्रतिशत हुनुपर्छ भन्ने कुरा के हो, किन भएन, के कारणले रोकियो, को को हो जवाफदेही, संसद, सरकार कति हो, सरकारसँग सम्बन्धित मन्त्रालय कति हो ? बिषयवस्तु चाइयो । कुरा लामो सुनियो तर पूँजीगत खर्च भएको छैन । कतिसम्म लैजाने हो कतिसम्म गर्न सकिन्छ, मलाई ठोस जवाफ चाहियो ।”
    यसैगरी उनले संविधानमा लेखेको विधिको शासन कसरी कायम गर्ने त्यो स्पष्ट हुनुपर्ने बताए ।

    “संविधानमा लेखेको छ सुशासन भनेर । संविधानको धारा ५१ मा राज्यको नीतिहरू अन्र्तगत ‘ख’ मा राज्यको शासन व्यवस्थामा र विधिको शासन कायम राख्ने भनेको छ । यसले कानून कार्यान्वयन नै गर्ने भनेको होला । मेरो जिज्ञासा एउटा कानून छ  विवाह, भोज, ब्रतबन्धहरूमा ५१ जना भन्दा बढि हुनुहँुदैन । कोही ५१ जना मात्र भएको ठाउँमा जानुभएको छ ? यसको कार्यान्वयन कसले गर्ने, नसकिने भए चार हजार लेखौं न ।” 

    यसैगरी उक्त बैठकमा प्रधानमन्त्री वा मन्त्रीहरू समितिमा उपस्थित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठकमा प्रधानमन्त्री वा कुनै पनि मन्त्री सहभागी नभएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

    समिति सभापति ठाकुरप्रसाद गैरेले भने, “हरेक संसदीय समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने अभ्यास छ । तर, आजको यो समितिको बैठकमा प्रधानमन्त्री तथा सरकारको कुनै पनि मन्त्रीज्यू आउनुभएन । समिति सरकारको ध्यानाकर्षण गराउँदछ ।” 

    समितिले आइतबार नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७९/०८० नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल आयोजना गरेको थियो ।

    छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली वा सरकारको कुनै मन्त्री अनिवार्य सहभागी हुनुपर्ने थियो । प्रायजसो संसदीय समितिमा अनिवार्य प्रधानमन्त्री वा कुनै न कुनै मन्त्री अनिवार्य सहभागी हुनुपर्ने अभ्यास छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार