images
images

प्रत्येक नेपालीको काँधमा ७९ हजार बढी ऋण, साँवा भुक्तानी कति ?

प्रत्येक नेपालीको काँधमा ७९ हजार बढी ऋण, साँवा भुक्तानी कति ?

पछिल्लो आंकलन अनुसार प्रत्येक नेपालीको काँधमा ७९ हजार २ सय १ रुपैयाँ सरकारी ऋण दायित्व देखिएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • प्रत्येक नेपालीको काँधमा ७९ हजार बढी ऋण, साँवा भुक्तानी कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनासम्म प्रतिव्यक्ति ऋण ७९ हजार २ सय १ रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आव ०८०/८१ को पहिलो दुई महिनासम्म देशको कुल ऋण दायित्व २३ खर्ब ९ अर्ब ८६ करोड ९६ लाखभन्दा बढी पुगेको उल्लेख गरिएको हो । 

    तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना अर्थात साउन र भदौँमा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ६१ लाख ऋण भने भुक्तानी गरेको छ ।

    नेपालको आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख र बाह्य ऋण ११ खर्ब ६९ करोड ३३ करोड ९६ लाख रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋणको आंकडा २३ खर्ब माथि पुगेको तथ्यांकमा उल्लेख छ । गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । 

    सरकारले साउन महिनामा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस प्रकार दुई महिनाको अवधिमा ४४ अर्ब २६ करोड आन्तरिक ऋण उठाएको हो । यता, बाह्य ऋण भने दुई महिनामा मात्र ४ अर्ब ९७ करोड ३२ रुपैयाँ मात्र प्राप्ती भएको छ । जसमा सरकारले साउन महिनामा २ अर्ब ७१ करोड ८३ लाख र भदौ महिनामा २ अर्ब २५ करोड ४९ लाख रुपैयाँ आन्तरिक ऋण उठाएको छ । 

    पछिल्लो आंकलन अनुसार प्रत्येक नेपालीको काँधमा ७९ हजार २ सय १ रुपैयाँ सरकारी ऋण दायित्व देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

    प्रतिव्यक्ति ऋण ७९ हजार २ सय १ रुपैयाँ 

    राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ। कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७९ हजार २ सय १ रुपैयाँ बराबर पर्न जान्छ।

    साढे ३२ अर्ब रुपैयाँभन्दा बढी साँवा भुक्तानी 

    भुक्तानीतर्फ सरकारले साउनमा २२ अर्ब ७ करोड ८१ लाख रुपैयाँ र भदौमा १० अर्ब ७५ करोड ५४ लाख रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी भएको छ । दुई महिनामा सरकारले कुल ३२ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । 

    यस्तै, बाह्य ऋणको भने साउनमा १ अर्ब २३ करोड र भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ बाह्य ऋणको साँवा भुक्तानी भएको छ । दुई महिनामा सरकारले कुल ८ अर्ब ७७ करोड ८७ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । 

    यता दुई महिनामा बाह्य ऋणको साँवा भुक्तानी ५ अर्ब ८८ करोड२६ लाख रुपैयाँ रहेको छ भने दुई महिनामा आन्तरिक ऋणतर्फको साँवा भुक्तानी ३१ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ । 

    यस्तै, बाह्य ऋणको ब्याज भुक्तानीमा २ अर्ब २८ करोड ६१ लाख रुपैयाँ र आन्तरिक ऋणको ब्याज भुक्तानीमा ८ अर्ब ७७ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ ।

    Notice Loan.jpg

    एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण

    आर्थिक वर्ष ०७०/७१ मा नेपालको सार्वजनिक ऋण रु. पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८.५१ प्रतिशत बराबर थियो। पछिल्लो करिब एक दशकमा नेपालको सार्वजनिक ऋण चारगुणाले बढेको छ भने जिडिपीमा ऋणको अनुपात दोब्बरले बढेको छ।
         
    पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ। आर्थिक वर्ष ०७३/७४ मा नेपालको सार्वजनिक ऋण रु. ६ खर्ब ९७ अर्ब ६८ करोडबराबर थियो। 

    भूकम्पपछिको पुनर्संरचनाका लागि नेपालले ठूलाे मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष ०७४/७५ सम्ममा रु. नौ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष ०७५/७६ मा रु. १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष ०७६/७७ मा रु. १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष ०७७/७८ मा रु. १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष ०७८/७९ सम्ममा रु. २० खर्ब १३ अर्ब २९ करोडबराबर पुगेको थियो ।

    यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा नेपालले तीन खर्ब ३८ अर्ब ११ करोड ७८ लाख रुपैयाँ बराबर आन्तरिक र बाह्य ऋण उठाएको थियो । आन्तरिकतर्फ दुई खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ र बाह्यतर्फ एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बराबर ऋण उठाइएको तथ्याङ्कमा छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार