images
images

बहुउपयोगी पुदिनाको कसरी प्रयोग गर्ने ?

बहुउपयोगी पुदिनाको कसरी प्रयोग गर्ने ?

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • images
    images
    बहुउपयोगी पुदिनाको कसरी प्रयोग गर्ने ?

    काठमाडौं / करेसाबारीमा फैलिएको पुदिना खेर गइरहेको छ भने आजै प्रयोगमा ल्याउन यी उपाया अपनाउनुस् । 

    images
    images

    घरबारी तथा कौसीमै उपलब्ध हुन सक्ने पुदिना  पकाएर उमालेर चियाको रुपमा वा विशेषगरी मिठो अचारको स्वादमा दैनिक प्रयोग गर्न सकिन्छ ।

    बहुउपयोगी पुदिना दैनिक विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । परापूर्वकालदेखि प्रयोगमा ल्याइएको पुदिनको धार्मिक महत्व छ नै स्वास्थ्यको दृष्टिले पनि अति उपयोगी छ । बहुउपयोगी पुदिनालाई के कसरी प्रयोग गर्ने पढौँ र जानकारी बाँडौँ ।


    १. के तपाईको मुख गन्हाउने समस्या छ । पुदिनाको सुख्खा पात पिसेर मञ्जन गर्नुस् । दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्ध कम हुन्छ । गिजा बलियो मजबुत बनाउँछ र रगत आउने समस्यालाई पनि कम गर्छ।

    २. यदि शरीरमा दाद वा छालामा फुस्रोपना आएमा वा दाद आएमा पुदिनाको पातलाई दिनमा चार पटक लगाएमा समस्या समाधान हुन्छ ।

    ३. पुदिनाको पातसँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाएर पाँच मिनेटपछि यसलाई सफा गर्नाले छालामा हुने एलर्जीको समस्या समाधानमा सहयोग पुग्ने छ ।

    ४ .पुदिनाको रसको प्रयोग रुघाखोकीबाट आराम मिल्छ । सहज हुन्छ । 

    ५. ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुने र अपच भएर पेट दुखेको छ भने पनि पुदिना, अदुवा र बिरे नूनको धूलो मिलाएर खादाँ फाइदा पुग्छ ।

    ६. भिटामिन सी पुदिनामा प्रचुरमात्रामा हुन्छ । नियमित प्रयोगबाट थकाईमा आराम मिल्छ र मानिस फ्रेस हुन्छ ।

    ७. पेट दुखेको बेलामा अदुवाको रससँग पुदिनाको पात पिसेर खाएमा दुखाइ कम हुन्छ ।

    ८. पाचन प्रणालीलाई सहज बनाउन सहयोग पुग्ने भएकोले यसको नियमित प्रयोग गर्दा मजबुत हुन्छ । 

    ९. पुदिनाको प्रयोगले महिलाहरुको मासिक धर्ममा पेट दुख्नेसहितको समस्या समाधानमा सहयोगी हुन्छ । 

    तर बहुउपयोगी गुण भएको पुदिनाको बढी मात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ साथै मृगौलामा समेत असर गरी पत्थरीको समस्या निम्त्याउछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार