images
images

राष्ट्रिय नाचघरमा राम के.ए.सी.को नाटक ‘अनुत्तर’

राष्ट्रिय नाचघरमा राम के.ए.सी.को नाटक ‘अनुत्तर’

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • राष्ट्रिय नाचघरमा राम के.ए.सी.को नाटक ‘अनुत्तर’

    काठमाडौँ / सद्भाव थिएटर नेपालले लेखन तथा निर्देशनमा नाटक ‘अनुत्तर’ मञ्चन गरिरहेको छ । साउन १ गतेदेखि ७ गतेसम्म सद्भाव थिएटरमा मञ्चन हुने सो नाटक सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साँझ ५ः३० बजे र अतिरिक्त शो १ः३० बजे हुने गरी मञ्चन भईरहेको छ । 

    नाटकको सह–निर्देशन सुशीला लक्ष्मी महर्जनको रहेको छ भने रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहेको छ । नाटकको सन्दर्भमा उनले भने, “आवाजबिहिनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महशुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगिरहेको देश र हाम्रो यथार्थ नै हो ।”

    युवाहरु, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुठ्नु पर्छ, कि त उनले मरूभूमिको यात्रा तय गर्नुपर्ने हुन्छ। “नाटक अनुत्तर, एवंरितले देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्बिर हो,” उनले भने । नाटकको टिकट दर ३०० सय रुपैयाँ र ५०० रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार