images
images

मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

    काठमाडौँ / प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेंलो छाता’ सार्वजनिक भएको छ । 

    सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेंलो छाता’ सार्वजनिक गरिएको हो । 

    स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरे ।

    कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए । ‘मलाई उनका कृतिमध्ये र थुप्रै अन्य  उत्कृष्ट कृतिमध्ये पिली छतरी वाली लडकी हो,’ उनले भने, ‘यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गरेका छन् । यो ज्यादै खुसीको कुरा हो ।’

    ‘पहेंलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उनको भनाइ थियो । 

    ‘भारती उपमहाद्वीपको जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले बडो कलात्कम ढंगले विश्वविद्यालयको पेरिफेरिमा कथा उनेका छन्,’ भूपिनले भने, ‘नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।’

    ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज बसन्तले गरेका हुन् । बसन्तका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् । बिएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार