images
images

आईपीओ निष्काशन गर्न नेपाल वेयरहाउजिङ्गले बार्डबाट पायो स्वीकृति, १ अर्ब ६२ करोडको परियोजना बनाउँदै

आईपीओ निष्काशन गर्न नेपाल वेयरहाउजिङ्गले बार्डबाट पायो स्वीकृति, १ अर्ब ६२ करोडको परियोजना बनाउँदै

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • images
    images
    आईपीओ निष्काशन गर्न नेपाल वेयरहाउजिङ्गले बार्डबाट पायो स्वीकृति, १ अर्ब ६२ करोडको परियोजना बनाउँदै

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल वेयर हाउजिङ्गलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले असोज १० गते नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडलाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो ।

    images
    images

    सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत गरि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ६५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

    यो सँगै कम्पनीले पहिलो चरणमा प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ।

    २०७५ सालमा स्थापना भएको यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याएको छ । त्यस्तै, कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेको छ र सो समेत पौष महिनासम्ममा सञ्चालनमा आउने छ ।

    यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ । 

    अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका कम्पनीले देशका तीन वटा स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

    कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य कम्पनीको छ । 

    साथै, कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरेको छ ।

    कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ रहेकोमा सो लगानीमध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजीबाट परिचालन गरिनेछ ।

    ऋणको व्यवस्थापन एभरेष्ट बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषी विकास बैंकको सहबित्तियकरणमा गरिएको छ । 

    यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेत लगायतका लगानीकर्ताहरुबाट लगानी जुटाईको छ ।

    हाल ५५ करोड रुपैयाँ चुक्ता पुँजी हेकोमा साधारण निष्काशनबाट १३ करोड ७५ लाख रुपैयाँ जुटाईने कम्पनीले जानकारी गराएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार