images
images

सरकारद्वारा मूल्यवृद्धि फिर्ता, अब ग्याँसको मूल्य प्रतिसिलिण्डर कति पर्ला ?

सरकारद्वारा मूल्यवृद्धि फिर्ता, अब ग्याँसको मूल्य प्रतिसिलिण्डर कति पर्ला ?

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • सरकारद्वारा मूल्यवृद्धि फिर्ता, अब ग्याँसको मूल्य प्रतिसिलिण्डर कति पर्ला ?

    काठमाडौँ / सरकारले खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो ।

    images
    images

    आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय फिर्ता लिएको हो । योसँगै ग्याँस प्रतिसिलिन्डर १ हजार ८९५ कायमै कारोबार हुने छ ।

    पुरानो मूल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने छ । आजै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने छ ।

    नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।

    यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो । तर चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । 

    यता सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निगमसँग रुष्ट बनेका थिए । लगत्तै उनले मन्त्रिपरिषद्‍को बैठक बोलाएर यसबारे निर्णय गरेका हुन् ।

    यसअघि पेट्रोल १८३ र डिजेलको १७३ रुपैयाँ प्रतिलिटर थियो । मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य पनि १ हजार ८९५ रुपैयाँ नै कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार