images
images

प्रादेशिक हवाई उडान सञ्चालन गर्न निगम र कोशी प्रदेशका मुख्यमन्त्री कार्कीबीच छलफल

प्रादेशिक हवाई उडान सञ्चालन गर्न निगम र कोशी प्रदेशका मुख्यमन्त्री कार्कीबीच छलफल

आइतवार, पुस ७ २०८१
आइतवार, पुस ७ २०८१
  • प्रादेशिक हवाई उडान सञ्चालन गर्न निगम र कोशी प्रदेशका मुख्यमन्त्री कार्कीबीच छलफल
    images
    images

    प्रादेशिक हवाई उडान सञ्चालनका सन्दर्भमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसहितको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफल गरेको छ । 

    गत आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विराटनगरमा भएको सो भेटमा कोशी प्रदेशको पर्यटन तथा सुलभ हवाई यात्रा सेवा सञ्चालनका विषयमा छलफल भएको हो । 

    उक्त अवसरमा मुख्यमन्त्री कार्कीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायत निगमका उच्च पदस्थ अधिकारीहरूलाई स्वागत गर्दै प्रादेशिक हवाई उडानलाई व्यवस्थित गरी कोशी प्रदेशको हवाई उडान र पर्यटन विकासको अवधारणा प्रस्तुत गरेकोमा धन्यवाद व्यक्त गरे । 

    सो अवसरमा मुख्यमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकार रवि खनाल, नेपाल वायुसेवा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी, नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य किशोर प्रधान, बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहाल, सेन्ट्रल रिजर्भेसन कन्ट्रोल युनिट प्रबन्धक नवराज उपाध्याय, वरिष्ठ लेखा अधिकृत बिपुला बराल, वरिष्ठ अधिकृत, नयन शर्मा, विराटनगर स्टेशनका प्रमुख सन्तोष खड्का लगायतको उपस्थिति थियो ।

    सो अवसरमा कोशी प्रदेशको पर्यटन विकास तथा प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउनका लागि नेपाल वायुसेवा निगमसँगको सहकार्यमा प्रादेशिक हवाई उडान सम्बन्धी कार्यलाई अघि बढाउनका निमित्त कोशी प्रदेश सरकार र निगमले नयाँ जहाज खरिद, सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा उपयुक्त मोडालिटी तय गर्न सकारात्मक छलफल भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार