images
images

२ महिनामा निर्जीवन बीमा कम्पनीहरुले जारी गरे ४ लाख बीमालेख, कुन प्रदेशको हिस्सा कति ?

२ महिनामा निर्जीवन बीमा कम्पनीहरुले जारी गरे ४ लाख बीमालेख, कुन प्रदेशको हिस्सा कति ?

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • २ महिनामा निर्जीवन बीमा कम्पनीहरुले जारी गरे ४ लाख बीमालेख, कुन प्रदेशको हिस्सा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीहरूले करिब ४ लाख बीमालेख जारी गरेका छन् । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीहरूले दुई महिनामा देशभर कुल चार लाख नौ हजार ८० वटा निर्जीवन बीमालेख जारी गरेका हुन् । 

    दुई महिनामा जारी भएको कुल बीमालेख मध्ये सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशमा र सबैभन्दा कम हिस्सा कर्णालीमा रहेको प्राधीकरणले जनाएको छ । 

    प्राधिकरणका अनुसार दुई महिनामा बागमती प्रदेशमा कुल एक लाख ९३ हजार छ सय ७५ वटा बीमालेख जारी भएको छ । जुन कुल बीमालेखको ४७.३४ प्रतिशत हो । यस्तै, बीमा कम्पनीहरुले बागमतीबाट बीमालेख बापत चार अर्ब ८६ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्

    सोही अवधीमा कर्णालीमा भने जम्मा छ हजार छ सय ३३ वटा मात्र निर्जीवन बीमालेख जारी भएको छ । जुन कुल बीमालेखको १.६२ प्रतिशत मात्रै रहेको प्राधिकरणले जनाएको छ । यस्तै, यस प्रदेशबाट जम्मा पाँच करोड १९ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन भएको छ । 

    अन्य कुन प्रदेशमा कति ? 

    सबैभन्दा धेरै बीमालेख जारी भएको प्रदेशको दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ भने तेस्रो स्थानमा कोशी प्रदेश रहेका छन् । लुम्बिनीबाट कुल ६० करोड एक ६३ हजार रुपैयाँको ६३ हजार दुई सय २१ वटा बीमालख जारी हुँदा कोशीबाट ५८ करोड १५ लाख ४९ हजार रुपैयाँको ४८ हजार ६ सय ५१ वटा बीमालेख जारी भएको छ । 

    यस्तै, गण्डकी, मधेश र शुदुरपश्चिम प्रदेशमा क्रमशः ४१ हजार ९२, ३६ हजार सात सय ६९ र १९ हजार ३२ वटा बीमालेख जारी भएको छ । 

    कम्पनीहरुले मधेश प्रदेशबाट ४७ करोड ३९ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा गण्डकीबाट ३७ करोड ११ लाख छ हजार रुपैयाँ संकलन गरेका छन् । यसैगरी सुदुरपश्चिममा १४ करोड ५२ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार