images
images

लघु जीवन बीमा कम्पनीले एक महिनामा आर्जन गरे पौने ४ करोड बीमाशुल्क, कुन कम्पनीले कति ?

लघु जीवन बीमा कम्पनीले एक महिनामा आर्जन गरे पौने ४ करोड बीमाशुल्क, कुन कम्पनीले कति ?

बिहिवार, भदौ २० २०८१
बिहिवार, भदौ २० २०८१
  • लघु जीवन बीमा कम्पनीले एक महिनामा आर्जन गरे पौने ४ करोड बीमाशुल्क, कुन कम्पनीले कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात साउनमा लघु जीवन बीमा कम्पनीले करिब पौने ४ करोड रुपैयाँको व्यापार गरेका छन्। 

    नेपाल बीमा प्राधिकरणले  सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको साउनमा हाल सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमम कम्पनीले ३ करोड ७० लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। उक्त समयमा यी कम्पनीहरूले २ लाख ४१ हजार ९९७ वटा बीमालेख जारी गरेका छन् । 

    समीक्षा महिनामा सर्वाधिक व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले २ लाख २७ हजार ४६१ वटा बीमा लेख जारी गर्दै १ करोड ८८ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    यसैगरी क्रेष्ट माइक्रो लाइफले ६ हजार ८९३ वटा बीमालेख जारी गर्दै १ करोड २९ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    लिबर्टी माइक्रो लाइफले भने ७ हजार ६४३ वटा बीमालेख बिक्री गर्दै ५१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार