images
images

नेपाली बजारमा भित्रियो यामाहाको ‘एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ बाइक, यस्तो छ मूल्य र विशेषता

नेपाली बजारमा भित्रियो यामाहाको ‘एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ बाइक, यस्तो छ मूल्य र विशेषता

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    नेपाली बजारमा भित्रियो यामाहाको ‘एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ बाइक, यस्तो छ मूल्य र विशेषता

    काठमाडौँ / नेपालमा यामाहाको नयाँ मोटरसाइकल ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सो मोटरसाइकल सार्वजनिक गरेको हो ।

    images
    images

    कम्पनीका अनुसार नयाँ डिजाइन र आकर्षक लुक्ससँगै आधुनिक विशेषता भएको सो मोटरसाइकल कालो र निलो गरी दुई रङमा उपलब्ध छन् । बाइकमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, डबल डिस्क र उन्नत बीएस६ इन्जिन टेक्नोलोजी रहेको कम्पनीले बताएको छ ।

    एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले युवा पुस्ताको बिचमा यो मोटरसाइकल लोकप्रिय हुने बताए । ‘एमएडब्लुले यामाहाका नयाँ नयाँ भेटिरियन्टका स्कुटरका तथा मोटरसाइकल नेपाली बजारमा ल्याउँदै आएको छ, नयाँ मोटरसाइकल सार्वजनिक गर्दा खुसी छौं, यस बाईक पनि सबैले रोजाइमा पर्ने विश्वास लिएका छौं,’ उनले भने ।

    एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल १४९ सीसी एयर-कूल्ड फोर-स्ट्रोक सिंगल सिलिन्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित छ । इन्धनबाट चल्ने इन्जेक्टेड इन्जिन भएको यस मोटरसाइकल नेपाली सडकको लागि उपयुक्त रहेको कम्पनीले बताएको छ ।

    यो बाइकले औसत ४५ देखि ५० किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्दछ । ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर-केन्द्रित टेक्नोलोजीहरूले सुसज्जित यो मोटरसाइकलको मूल्य कम्पनीले तीन लाख ७९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

    यसको सस्पेन्सन ड्युटीहरु अगाडि ४१ मिलिमिटर टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअप रहेको छ । एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ । जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्नुका साथै राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरूमा सुरक्षाको दायरा बढाउने बताइएको छ ।

    कम्पनीले एफजेड एफआई भीभी स्ट्यान्डर्ड मोटरसाइकल देशभरका यामाहाको डिलरहरूमा उपलब्ध रहेको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार